काठमाडौं । आइपिएलमा पञ्जाव किङ्ग्सले लज्जास्पद पराजय व्यहोरेको छ । आज भएको खेलमा पञ्जावलाई दिल्ली क्यापिटल्सले ९ विकेटले पराजित गरेको हो ।
पहिलो व्याटिङ गरेको पञ्जावले ११५ रन मात्रै बनाएको थियो । जवाफी व्याटिङमा आएको दिल्लीले एक विकेटको क्षतिमा १० दशमलव ३ आभेरमा ११९ रन बनाएको हो ।




