काठमाडौं । जारी आइपिएलअन्तर्गत आज भएको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स वैगलोर विजयी भएको छ ।
दिल्ली क्यापिटल्सलाई वैगलोरले १६ रनले पराजित गरेको हो । वैगलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्रै बनाउन सकेको हो ।
जीतसँगै वैगलोर अंकतालिकाको तेस्रो नम्बरमा उक्लिएको छ भने पराजित भएको दिल्ली तालिकाको आठौं स्थानमा पुगेको छ ।




