खेलकुद

आइपिएल : मुम्बईको लगातार छैटौं हार

काठमाडौं । जारी आइपिएल प्रतियोगितामा मुम्बई इन्डियन्स लगातार छैटौँ खेलमा पराजित भएको छ ।

मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको हो । लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको मुम्बईले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन बनाएको हो ।

लखनउसँग पराजित भएको मुम्बई आइपिएलकै इतिहासमा खराब अस्थामा पुगेको छ । यसपटकको आइपिएलमा मुम्बई प्लेअफमा पुग्ने सम्भावना समेत कमजोर बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *