काठमाडौं । नेपाल र जिम्बावेबीच हुने एकदिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघले जारी गरेको खेल तालिकाअनुसार एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म हुनेछ । टी–२० सिरिज वैशाख २३ देखि २६ सम्म हुने क्यानले जनाएको छ।
वैशख १७ गतेदेखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जिम्बावेको ए सँग प्रतिस्पर्धा गर्नेछ।




