काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले नेपाली क्रिकेटको व्याटिङमा सुधार आएको बताएका छन् ।
टी–२० सिरिजको उपाधि हात पारेपछि प्रतिक्रिया दिदै लामिछानेले नेपालको व्याटिङमा सुधार आएको बताएका हुन् । उनले भने,‘यो सिरिजको सकारात्मक पक्ष भनेको हाम्रो ब्याटिङ सुध्रिएको छ। बलिङ पनि योजनाअनुसार भइरहेको छ ।’
सिरिजको उपाधि हात पर्नुमा क्रिकेट टिमका सबै सदस्यको समान योगदान रहेको भन्दै उनले भने,‘हामीले सोचेजस्तो खेलेका छौं। भविष्यमा हाम्रो लागि उपलब्धि हासिल हुन सक्ने यो सुरुवात हो। सिरिजमा सबै जनाको समान योगदान छ।’
राष्ट्रिय क्रिकेट टिम टिम सेपमा आएको भन्दै लामिछानेले कप्तानको रूपमा आफुलाई सबैले सहयोग गरेको समेत बताए ।




