काठमाडौं । आइपिएलअन्तर्गत आजको खेलमा पञ्जाव किङग्स विजयी भएको छ ।
चेन्नई सुपर किङ्ग्यलाई पञ्जावले ५४ रनले पराजित गरेको हो । जारी आइपिएलमा चेन्नईको यो तेस्रो हार हो । टस हारेर पहिला व्याटिङ शुरु गरेको पञ्जावले ८ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
जवाफी व्याटिङ शुरु गरेको चेन्नई १८ ओभरमा अलआउट हुँदै १२६ रन मात्रै बनाउन सक्यो । चेन्नईका लागि शिवभ दुबेले अर्धसतकिय पारि खेलेपनि जीतका लागि पर्याप्त हुन सकेन ।




