काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले त्रिदेशिय टी–२० खेलको फाइनलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उनले भने,‘‘फाइनल खेल निकै नै महत्वपूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौँ ।
नेपाल र पपुवा न्युगिनी बीचको फाइनल खेल कीर्तिपुरस्थित टियु मैदानमा सोमबार दिउँसो साढे १२ बजे सुरु हुनेछ ।




