काठमाडौं । आइपिएल क्रिकेटअन्तर्गत आज भएको दोस्रो खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले विजयी शुरुवात गरेको हो ।
राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको हैदरावादले ७ विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो । खराब व्याटिङ गरेको हैदरावादका दुई व्याट्सम्यान शुन्य रनमा आउट भए भने कप्तान केन विलियिम्सन समेत दुई रनमा आउट भए ।




