खेलकुद

आइपिएल : लखनउलाई ५ विकेटले पराजित गर्दै गुजरात विजयी

काठमाडौं । आइपिएलअन्तर्गत आज भएको दोस्रो खेलमा गुजरात टाइटन्स विजयी भएको छ ।

आइपिएलका नयाँ दुई टिम टाइटन्स र लखनउ सुपर जायन्ट्सका बिचमा भएको खेलमा टाइटन्स ५ विकेटले विजयी भएको हो ।

लखनउले दिएको १५९ रनको लक्ष्य टाइटन्सले ५ विकेट गुमाएर १९ दशमलव ४ ओभरमा भेटाएको हो । टाइटन्सका लागि राहुल टेवटियाले विस्फोटक व्याटिङ गरे । उनले नटआउट सर्वाधिक ४० रनको योगदान दिए ।

त्यसअघि पहिला व्याटिङ गरेको लखनउका लागि दिपक हुडाको ५५ र आयुष बडोनीको ५४ रनको अर्धशतकीय पारिसहित ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *