काठमाडौं । आइपिएलअन्तर्गत आज भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले विजयी सुरूवात गरेको छ।
मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
दिल्लीका लागि ओपनर पृथ्बी शाले ३८ रन र ललित यादवले नटआउट ४८ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १७७ रन जोडेको थियो । इशान किसनले नटआउट ८१ रन बनाउँदा कप्तान रोहित शर्माले ४१ रनको योगदान दिए ।




