काठमाडौं । आइपिएलअन्तर्गको उद्घाटन खेलमा कोलकता नाइट राइडर्स विजयी भएको छ । चेन्नई सुपर किङ्सलाई कोलकताले ६ विकेटले पराजित गरेको हो ।
चेन्नइले दिएको १३२ रनको लक्ष्य कोलकताले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । चेन्नइका लागि महेन्द्रसिंह धोनीले ५० रन, रविन्द्र जडेडाले २६ र रोबिन उथप्पाले २८ रन बनाए ।
१३२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको कोलकताका लागि अजिंका रहानेले ४४ रन बनाए भने कप्तान श्रेयस आयरले नटआउट २० रन बनाए ।




