काठमाडौं । आईपीएल क्रिकेट आजबाट सुरु भएको छ ।
अहिले भैइरहेको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन् । वान्खडे स्टेडियममा खेल नेपाली सयम अनुसार साँझ पौने ८ बजे सुरु भएको हो ।
साविकको विजेता चेन्नईको कप्तानी भने रवीन्द्र जडेजाले गरिरहेका छन् । एमएस धोनीले यसै साता कप्तानको जिम्मेवारी छाडेको घोषणा गरेका थिए ।
यसअघिको सिजनमा दिल्ली क्यापिटल्सको कप्तान रहेका श्रेयस आयरको कप्तानीमा कोलकाता रहेको छ । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।




