खेलकुद

गण्डकीले जित्यो सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि

काठमाडौं । अण्डर–१९ सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि गण्डकी प्रदेशले जिेतको छ ।

आज भएको फाइनल खेलमा कर्णालीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

६४ रनको झिनो लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो ।

उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *