खेलकुद

ब्राजिलको सानदार जित

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ ।

माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक/एक गोल गरे ।

यो जितसँगै ब्राजिलले यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *