काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
थाइल्याण्डसँग २–० गोल अन्तरले नेपाल पराजित भएको हो । थाइल्याण्डको चोनबुरीमा भएको खेलमा घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।
नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको भएपनि दोस्रो हाफमा दुई गोल खायो । नेपालले अब थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।
एएफसी एसिया कप २०२३ छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।




