काठमाडौं । पारस खड्का पल्सर दशकका पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाली क्रिकेटका पूर्वकप्तान खड्का नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको योगदानका लागि अवार्ड प्रदान गरिएको हो ।
खड्काकै कप्तानीमा नेपाल सन् २०१३ मा विश्व ट्वान्टी–२० मा पुगेको थियो । वान डे र ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी समेत रहेका खड्कालाई मंगलबार अवार्ड दिइएको हो ।




