खेलकुद

एकदिवसीय र त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । किर्तिपुरमा हुने पपुवा न्यु गिनीसँगको एकदिवसीय श्रृंखला र त्रिदेशीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई समावेश गरिएको छैन ।

नेपालले त्रिदेशीय श्रृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ । टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की रहेका छन् ।

त्रिदिवसीय ट्वान्टी २० सिरिजका लागि भने कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *