काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
भारतको जमसेदपुमा जारी खेलमा साविक विजेता बंगलादेशसँग नेपाल ४–२ ले पराजित भएको हो । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । लगातार दोस्रो पराजय व्यहोरेको नेपाल अंकविह्रीन छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० को फराकिलो हारेको थियो ।




