खेलकुद

एट्लेटिको क्वाटरफाइनलमा, युनाइटेड बाहिरियाे

काठमाडौँ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै १-० ले पराजित गर्दै एट्लेटिकोले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा एट्लेटिकोको जितमा रेनान लोडीले एकमात्र निर्णायक गोल गरे । खेलको ४१औं मिनेटमा एन्टोइन ग्रिजमनले दिएको क्रसलाई ब्राजिलियन डिफेन्डर लोडीले हेडरमार्फत गोल गरेका हुन् ।

पहिलो लेग १-१ को बराबरीमा सकिएको र एट्लेटिको समग्रमा २-१ को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो । युनाइटेड भने बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *