खेलकुद

साफ यू–१८ महिला फुटबल : भारतद्वारा नेपाल ७–० गोलअन्तरले पराजित

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतको जम्शेदपुरमा भएको खेलमा नेपाललाई आयोजक भारतले ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमै तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल खाएको हो । भारत, नेपाल र बंगलादेशले सहभागिता जनाएको खेलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *