खेलकुद

नेपालले काठमाडौंमा पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं । नेपालले पपुवा न्यूगिनीसँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आगामी चैत १२ र १३ गते एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको हो । त्यसबाहेक नेपाल, मलेसिया र पपुवा न्युगिनीबिच त्रिकोणात्मक टि–२० सिरिज’ समेत हुने भएको छ ।

चैत १४ गतेदेखि शुरु हुने सिरिज चैत २१ गतेसम्म काठमाडौंमै हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *