खेलकुद

ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि जारी खेलमा आयोजक ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै ८७ रन मात्र बनाएको हो ।

ओमानका लागि कप्तान जिशान मक्सूदले २१ रन बनाए भने आयान खानले १६, नसीम खुशीले १५ र कलीमुल्लाहले १४ रन बनाएका थिए । ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने कम सिंह ऐरी, आरिफ सेख, अबिनाश बोहोरा र सागर ढकालले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *