काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।
आज भएको खेलमा क्यानडालाई पराजित गर्दै टि–२० विश्वकप ग्लोबल छनौटको सेमिफाइनल प्रवेश गरेको नेपाली टिमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
उनले भनेका छन्,‘क्यानडाविरुद्ध जित निकाल्दै टि२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’
प्रधानमन्त्री देउवाले भोलि हुने सेमिफाइनलमा समेत विजयी हुन शुभकामना दिदै लेखेका छन्,‘भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छा सहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीले सेमिफाइनलमा भोलि युएईसँग खेल्दैछ । भोलिको खेलमा विजयी भए नेपाल विश्वकप क्रिकेटका लागि छनौट हुनेछ ।




