काठमाडौं । वेष्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । एकखेल अगावै दोस्रो खेलमा वेष्ट इण्डिजलाई ४४ रनले हराउँदै भारतले ३ खेलको सिरिज एक खेल अगावै २–० ले जितेको हो ।
आज भएको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ४५ दशमलव ५ ओभरमा अलआउट हुँदै १९३ रन मात्रै बनाउन सक्यो ।
पहिलो खेलमा ६ विकेटले हराएको वेष्ट इण्डिजलाई दोस्रो खेलमा ४४ रनले हराउँदै एक खेलअघि भारतले सिरिज जितेको हो । भारत र वेष्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।




