खेलकुद

अष्ट्रेलियन ओपनको उपाधि जित्दै नाडालले बनाए किर्तिमान

काठमाडौं । राफेल नाडालले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

छैटौँ वरीयातामा रहेका स्पेनका नाडालको कीर्तिमानी २१ औँ ग्रान्डस्लाम उपाधि हो । जितसँगै २१ ग्रान्ड स्लाम उपाधि जित्ने नाडाल पहिलो खेलाडी बनेका छन् ।

मेलबर्न पार्कमा पुरुष एकल प्रतिस्पर्धाको फाइनलमा नाडालले रुसका मेदभेदेभलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेका हुन् ।

पाँच घन्टा लामो समयसम्म चलेको खेलमा नाडालले उपाधि हात पारेका हुन् । यसअघि नाडालसँगै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक उपाधि जितेका थिए ।

फेडेररले चोटका कारण अस्ट्रेलियन ओपन खेल्न सकेनन् भने जोकोभिचले भने कोरोनाको स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै अष्ट्रेलियाले देश निकाला गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *