काठमाडौं । क्यामरुनमा भएको अफ्रिका कप नेसन्स फुटबल हेर्न गएका दर्शकहरुका बिचमा भागदौड मच्चिदा ८ जनाको मृत्यु भएको छ ।
क्यामरुनको रंगशालामा भएको भागदौडमा परेर ३८ जना घाइते भएको विविसीले समाचार लेखेको छ ।
विविसीका अनुसार ६० हजार दर्शक अट्ने रंगशालामा करिब ४८ हजार दर्शक रहेका थिए । क्यामरुनका राष्ट्रपतिले घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।




