खेलकुद

एपिएफ क्लव आहा–रारा कपको सेमिफाइनल प्रवेश

काठमाडौं । पोखरामा जारी आहा रारा कपमा नेपाल एपिएफ फुटबल क्लबले अन्तिम चारमा स्थान बनाएको छ।

पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब मिनेसोटा अमेरिकालाई ३–१ ले पराजित गर्दै सेमिफाइन प्रवेश गरेको हो ।

आहा–रारा कपमा पहिलोपटक सहभागि भएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *