काठमाडौं । आईसीसी टी–२० विश्वकप क्वालिफायरअघि नेपालले टि,२० सिरिज खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा चार देश सहभागी हुने सिरिज खेल्ने भएको हो । नेपाल क्रिकेट संघका अनुसार नेपालले आयरल्यान्ड, युएई र ओमानसँग टी–२० सिरिज खेल्ने भएको हो ।
नेपालले आगामी फेब्रुअरी १७ देखि २४ सम्म ओमानमा हुने आईसीसी टी–२० विश्वकप क्वालिफायर खेल्दैछ । नेपाल रहेको समुहमा ओमान, युएई, आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा, बहराईन र जर्मनी छन् ।




