खेलकुद

टाइगर कप भलिबल : हेल्प नेपालकाे जितले फाइनल प्रवेश रोमाञ्चक

पाेखरा । पाेखरामा जारी टाइगर कप भलिवलकाे फाइनल प्रवेश राेचक बनेकाे छ । हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब सशस्त्र प्रहरीलाई ३-१ को सेटले पन्छाएपछि फाइनलकाे प्रवेश रोमाञ्चक बनेकाे हाे ।

पुरुषतर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्ष स्थानमा छ । पुलिसको आठ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ ।

हेल्प नेपालको सात अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार व्यहोरेको हेल्प नेपालले एक अंक प्राप्त गरेको थियाे । त्रिभुवन आर्मीले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । दुई जितले ६ अंक छ ।

गण्डकी प्रदेशले एक जित र दुई हार व्यहोरेको छ । सशस्त्र प्रहरी बल भने जितविहीन हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *