खेलकुद

भलिबल टोलीका सदस्यलाई जनही ५ लाख रुपैया दिने सरकारको निर्णय

काठमाडौँ । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विजेता टोलीका प्रत्येक सदस्यलाई पुरस्कार दिने निर्णय गरेको हो । नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि उचालेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *