खेलकुद

पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरूद्धको तीन खेलको टी–२० सिरिज एक खेल अघि नै जितको छ ।

पहिलो खेलमा ११९ रनको पराकिलो जीत निकालेको टिमले बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै सिरिज जितेको हो । पहिलोपटक टि–२० सिरिज खेलेको नेपाली महिला टिमले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो ।

नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव ३ ओभरमा अलआउट भएको हो । बलिङमा नेपालकी सरस्वती चौधरीले सर्वाधिक ४ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् ।

विश्वकप छनोटअघि नेपाली टिम सिरिज खेल्न कतार गएको हो । आगामी सोमबारदेखि यूएईमा सुरु हुने छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनौट खेलबाट एक टिम मात्रै विश्वकप खेल्न पाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *