काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी–२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार ११ दशमलव ५ ओभरमा २७ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले २।२ र करुणा भण्डारीले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु बर्माको ५५ रनको मद्दतमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।




