काठमाडौं । क्रोएसियाले आगामी वर्ष हुने विश्वकप फुटबलमा स्थान पक्का बनाएको छ ।
आइतबार राति रुसलाई १–० ले हराउँदै क्रोएशियाले कतारमा हुने फिफा विश्वकप–२०२२ मा स्थान पक्का गरेको हो ।
रुसका फेडोर कुद्रेशोभले ८१ औँ मिनेटमा गरेको आत्मघाती गोलकै कारण क्रोएशियाले विश्वकपमा स्थानमा बनाएको हो ।
रुस पराजित भएसँगै प्लेअफ खेल्नुपर्ने भएको छ । अहिलेसम्म विश्वकप फुटबलका लागि फ्रान्स, बेल्जियम, ब्राजिल, डेनमार्क, जर्मनी र कतारले विश्वकप–२०२२ मा स्थान पक्का गरिसकेका छन् ।




