काठमाडौं । जारी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले नामिबियालाई ५२ रनले पराजित गरेको छ । विजयी भएसँगै न्युजिल्याण्ड सेमिफाइनल पुग्ने सम्भावना सहज बनाएको छ ।
न्यूजिल्यान्ड २० ओभरमा ४ विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले अविजित ३९ र जेम्स निसामले अविजित ३५ रन जोडे । कप्तान केन विलियमसनले २८ रन जोडे।
नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्न सक्यो।
न्यूजिल्यान्डले अब अन्तिम खेलमा पनि जित हात पारे न्यूजिल्यान्ड सेमिफाइनल पुग्नेछ । न्यूजिल्यान्डले सुपर १२ को अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ।




