खेलकुद

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य

अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो ।

अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।

कप्तान फिन्चले १ सय १४ रनको शतकीय इनिङ्स खेल्दा ९ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो १७ औं एकदिवसीय शतक हो ।

स्मिथले १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनको यो १० औं एकदिवसीय शतक हो ।

त्यस्तै, डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, ग्लेन म्याक्स्वेलले ४५, मार्नुस लाबुसेनले २, एलेक्स केरी १७, पाट कुमिन्स १ रन जोडे ।

भारतका मोहमद शामीले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १/१ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *