देश

मोदीले बालेनलाई दिए गंगाजल, बालेनले उपहार दिए रुद्राक्ष र चन्दन

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन साहलाई त्रिवेणीबाट ल्याइएको गंगाजल उपहार दिएका छन् । सोमबार हैदरवाद हाउसमा द्धिपक्षीय वार्ताअघि उनीहरुबीच उपहार आदानप्रदान भएको हो ।

त्यसैगरी, प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरबाट ल्याइएको रुद्राक्ष र चन्दन उपहार दिएका छन्।

भारत र नेपालबीचको गहिरो सभ्यतागत तथा आध्यात्मिक सम्बन्धको प्रतीकका रूपमा दुवै प्रधानमन्त्रीले धार्मिक महत्त्व बोकेका सामग्री आदानप्रदान गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *