देश

कांग्रेस महाधिवेशन : मतदानको समय फेरिँदै, प्रतिनिधि प्रतीक्षामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदानको समय पटक–पटक परिवर्तन भएपछि महाधिवेशन प्रतिनिधिहरू भने मतदान सुरु हुने प्रतीक्षामा छन्।

केन्द्रीय निर्वाचन समितिले पछिल्लो पटक दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको छ। मतदानको समय र निर्वाचन व्यवस्थापनका विषयमा समितिले सभापति, उपसभापति तथा महामन्त्रीलगायत पदका उम्मेदवारहरूसँग राष्ट्रिय सभा गृहमा छलफल गरेको थियो।

यसअघि निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु गर्ने जनाएको थियो। तयारी पूरा नभएको भन्दै समय पछि दिउँसो १ बजेसम्म सारिएको थियो। पछिल्लो तयारीअनुसार मतदान सुरु हुने समय पुनः परिवर्तन गरी दिउँसो २ बजे पुर्‍याइएको हो।

मतदानको समय निश्चित हुन ढिलाइ भइरहे पनि प्रतिनिधिहरू निर्वाचनस्थल आसपास जम्मा भएर मतदानको प्रतीक्षामा छन्। नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी हुने तयारीमा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *