देश

पूर्वप्रधानन्यायाधीश राणासहित केही व्यक्तिको निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निवाससहित उनीनिकट केही व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ ।

विभागको टोलीले विभिन्न स्थानमा रहेका उनीहरूसँग सम्बन्धित निवासमा छापा मारेर केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ । छापा तथा बरामद गरिएका कागजातका सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाउने जनाइएको छ ।

यसअघि केही दिनअघि प्रहरीले राणालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो । करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई रिहा गरिएको थियो ।

राणामाथि भएको पछिल्लो कारबाही र सम्पत्ति शुद्धीकरण विभागको छापाबीचको सम्बन्धबारे भने सम्बन्धित निकायबाट विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *