कर्णाली प्रदेश

कर्णालीमा सरकारबारे निर्णय लिन कांग्रेसभित्र छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्वबारे आधिकारीक धारणा सार्वजनिक गर्नका लागि छलपल अघि बढाएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीबारे निर्णय सार्वजनिक गर्नका लागि बैठकमार्फत छलफलको प्रक्रिया अघि बढाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले समर्थन फिर्ता लिने विषयमा छलफल जारी छ ।

नेपाली कांग्रेसले एमालेसँगको सहकार्य तोडेर नेकपासँग समिकरण बनाएर कर्णाली प्रदेशको नेतृत्व गर्ने आन्तरिक छलफल चलिरहको छ । प्रदेश सरकारमा एमालेलाई कांग्रेसले दिएकाmे समर्थन फिर्ता गर्ने कि के गर्ने भन्ने विषयमा छलफलपछि निर्णय सार्वजनिक हुने जनाइएको छ । कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका चार सांसदहरुले पदबाट राजीनामा दिएका थिए । राजीनामापछि विगतमा गरिएको सम्झौता कार्यान्वयनमा नआए एमालेलाई दिएको समर्थन फिर्ता लिएर नेकपासँग सहकार्य गर्ने आन्तरिक छलफल भइसकेको छ । २०८१ साउन महिनाबाट कर्णाली प्रदेशको नेतृत्व नेकपा एमालेले गर्दै आएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *