देश

बहिनी शारदा पण्डितबाट राष्ट्रपति पौडेलले लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *