देश

खोटाङमा खुकुरी प्रहारबाट एक पुरुषको वीभत्स हत्या, हत्यामा संलग्न ५३ वर्षीय मुग्राती प्रहरीको नियन्त्रणमा

काठमाडौं । खोटाङमा खुकुरी प्रहारबाट एक जनाको  वीभत्स  हत्या भएको छ ।

खोटाङको दिप्रूङ चुईचुम्मा गाउँपालिका वडा (१) मोहोरियामा आपसी लेनदेनको विषयमा विवाद हुँदा स्थानीय ५३ वर्षीय तिलक मुग्रातीले छिमेकी धुर्व अधिकारीको बिहीबार मध्यान्न करिब १२ बजेको समयमा खुकुरी प्रहार गरि वीभत्स  हत्या गरेका हुन् ।

स्थानीय र प्रहरीका अनुसार अधिकारी आफूले खेतबारीमा काम गरेको पारिश्रमिक दाम माग्न जाँदा आपसी विवाद भएको थियो । विवादका क्रममा मुग्रातीले अधिकारीको टाउकोमा खुकुरी प्रहार गरेपछि उनको घटना स्थलमैँ मृत्यु भएको थियो ।

३५ वषीय अधिकारीको हत्यामा संलग्न मुग्रातीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएस्पी प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान जारी रहेको छ । अपराधिक क्रियाकलापमा संलग्न रहेका मुग्रातीमाथि नेपालको प्रचतिलत कानुन अनुसार हदैसम्मको कारबाही र सरकारले पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग छ । साथै घटनाको अनुसन्धान निष्पक्ष र पादर्शी हुनुपर्ने उनीहरुले सरकारसमक्ष माग राखेका हुन् ।

नेपालको प्रचलित कानुन अनुसार हत्यामा संलग्नमाथि जन्मकैद र पीडित परिवारलाई क्षेतीपुर्ती दिलाउनुपर्ने कानुनी प्रावधान छ । कुनै पनि व्यक्तिको हत्या गरी ज्यान लिएको आरोपमा पुष्टि भए आजीवन २५ वर्ष जन्म कैद सजाय हुनेछ ।

आँफूले काम गरेको पारिश्रमिक माग्न जाँदा ३५ वर्षीय धुर्व अधिकारीले ५३ वर्षीय तिलक मुग्रातीको हातबाट भएको खुकुरी प्रहारबाट ज्यान गुमाउनु पर्यो । आँफूले काम गरेको पारिश्रमिक माग्न जाँदा नागरिकले ज्यान गुमाउनुपर्ने ? सो विषयले गम्भिर प्रश्न चिह्न खडा भएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय,जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत खोटाङले पीडितलाई न्याय दिलाउने विषयमा निष्पक्ष र पारदर्शी ढङगबाट अघि बढ्ने नागरिकहरु र पीडित परिवारहरुले अपेक्षा गरेका छन् । । यी तीन निकायलाई निष्पक्ष,पारदर्शी अनुसन्धान र कानुनी कारबाही अघि बढाउने विषयमा सबैले सहयोग गर्नुपर्छ । यी तीन निकायलाई निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने विषयमा कोही कसैले पनि शक्ति,सत्ता र पावरको आधारमा दबाब सिर्जना गर्नुहुँदैन् । यदि त्यसो गरेको विषयमा आगामी दिन त्यस्ता किसिमका घटना नघट्लान भन्न सकिन्न ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *