देश

छ अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन अनुगमन गर्ने

काठमाडौं ।  भोलि हुने निर्वाचनमा यसपटक आधा दर्जन अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्ने भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा यसपटक दुई संस्था थपिँदै अनुगमनको दायरा फराकिलो बनेको हो।

निर्वाचन आयोगबाट मान्यता प्राप्त संस्थामध्ये अमेरिकी संस्था The Carter Center पनि रहेको छ, जसले विभिन्न देशका निर्वाचनमा स्वतन्त्र अनुगमन गर्दै आएको दाबी गर्छ। एसियाली मुलुकका चुनावी प्रक्रियामा निगरानी गर्दै आएको Asian Network for Free Elections (एएनएफ्रेल) ले पनि पर्यवेक्षण गर्नेछ। त्यसैगरी खुला शासन र लोकतान्त्रिक अभ्यासको पक्षमा काम गर्ने अमेरिकी संस्था International Republican Institute (आईआरआई) समेत अनुगमनमा सहभागी हुने जनाइएको छ।

यस्तै, अमेरिकामा मुख्य कार्यालय रहेको Multidisciplinary Institute of Training and Learning (एमआईटिएल) र International Foundation for Electoral Systems (आईएफईएस) ले पनि पर्यवेक्षकको मान्यता पाएका छन्। लोकतान्त्रिक संस्थागत विकासका क्षेत्रमा काम गर्ने National Democratic Institute (एनडिआई) ले समेत निर्वाचन प्रक्रियाको अनुगमन गर्नेछ। २०७९ सालको निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले मात्र पर्यवेक्षण गरेका थिए। यसपटक दुई संस्था थपिएसँगै अन्तर्राष्ट्रिय चासो र निगरानीको दायरा बढेको देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *