राजनीति

विशेष महाधिवेशनसम्बन्धी रिटमाथि बहस टुंगियो, कांग्रेस संस्थापन पक्ष सर्वोच्चको फैसला प्रतीक्षामा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमाथि बहस सकिएको हो भने आदेश आउन बाँकी छ।

का.वा सभापति पूर्णबहादुर खड्का तर्फबाट दायर गरिएको रिटमा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ। विशेष महाधिवेशन अवैधानिक रहेको दाबी गर्दै संस्थापन पक्ष अदालत पुगेको हो। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद चुलिएको थियो।

कांग्रेस संस्थापन पक्षले सुरुमा निर्वाचन आयोगमा उजुरी दिएको भए पनि आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिकता प्रदान गरेपछि मुद्दा सर्वोच्च अदालतमा पुगेको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टिकट सभापति थापाकै हस्ताक्षरमा वितरण भइरहेको छ। अदालतको अन्तिम आदेश नआएसम्म यो विषयले कांग्रेसभित्र थप राजनीतिक र कानुनी बहस जन्माइरहने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *