देश

निर्वाचन आयोगविरुद्धको रिट फिर्ता नहुने कांग्रेसका का.वा सभापति पूर्णबहादुर खड्काको स्पष्ट धारणा

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको स्पष्ट पारेका छन्। केही सञ्चारमाध्यममा यस्तो समाचार फैलिएको प्रति खड्काले आपत्ति जनाएका हुन्।

खड्काले भने, “०८२ माघ २ गते कांग्रेससँग सम्बन्धित निर्वाचन आयोगको अवैधानिक निर्णयविरुद्ध हामीले ०८२ माघ ४ गते सर्वोच्च अदालतमा न्याय प्राप्तिका लागि रिट दर्ता गरेका थियौं। त्यस रिट फिर्ता हुने भन्ने समाचारमा कुनै सत्यता छैन।”

निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधता दिने निर्णय गरेपछि, कांग्रेस संस्थापन कार्यसमितिका तर्फबाट आधिकारिकता आफ्नो पक्षमा रहेको दाबी गर्दै खड्काको नेतृत्वमा १२३ केन्द्रीय समितिका सदस्यहरूले हस्ताक्षर गरी सर्वोच्चमा रिट दर्ता गरेका थिए। सर्वोच्च अदालतले उक्त रिटको सुनुवाइ मंगलबारका लागि तोकेको छ।

यस कदमले पार्टी भित्रको विवाद र अधिकारिकताको प्रश्नलाई अदालतसम्म पु¥याएको छ र आगामी निर्णयले पार्टी नेतृत्व र निर्वाचन प्रक्रियामा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *