देश

बालेन प्रधानमन्त्री भए आफुलाई खुल्ला हुने रवि लामिछानेको तर्क कति जाहेज ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा जेनजी आन्दोलनको जगमा बनेको सुशिला कार्की नेतृत्वको सरकारसँग सहकार्य गरी न्यायाधिवक्ता सविता भण्डारीसँग मुद्र्धा फिर्ता लिन दबाब दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि मुद्धा लागे पनि अब चिन्तित नहुने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनले देशले बालेन्द्र शाह (बालेन) जस्तो नेतृत्व पाइसकेकाले आफू जेल परे पनि फरक नपर्ने तर्क अघि सारेका छन्, जसलाई लिएर समर्थक र आलोचकबीच चर्को चर्चा भइरहेको छ।

सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले सरकारले जस्तोसुकै मुद्दा लगाए पनि आफू नडराउने बताए।

लामिछानेले मधेसलाई लिएर पनि तीखा टिप्पणी गरे। उनले मधेसले उन्नत भविष्यको सपना रोपेको भए पनि अहिले त्यो सपना खोसिने अवस्थामा पुगेको आरोप लगाए। साथै, चितवनमा आफूले संसद् इतिहासकै धेरै मत ल्याउँदा पनि राज्य संयन्त्रले छलछाम गरेको दाबी गरे। “जिते जितिन्छ, हारे हारिन्छ, मुद्दा त लागिरहन्छन्,” भन्दै उनले राजनीतिमा संघर्ष स्वाभाविक भएको बताए। लामिछानेले जति ठूलो कुरा गरे पनि उनीमाथि निकै वटा मुद्धा विचारधीन अवस्थामा छन् । उनी एक विवादित पात्र हुन् ।

लामिछानेले बालेन शाहसँगको भेटबारे समेत खुलस्त बोले। उनले उक्त भेट निकै छोटो समयमा भए पनि देशको हितलाई केन्द्रमा राखेर सहमति बनेको दाबी गरे। “भेट भएको पाँच मिनेटमै सपना साझा भयो। देशको लागि के गर्ने भन्नेमा हाम्रो सोच मिल्यो,” उनले भने।

लामिछानेको यो अभिव्यक्तिले राजनीतिमा नयाँ प्रश्न जन्माएको छ— बालेन प्रधानमन्त्री भए आफू स्वतः ‘खुला’ हुने भन्ने उनको तर्क कति यथार्थपरक र कति राजनीतिक भावनात्मकता हो? विश्लेषकहरूका अनुसार यसले रास्वपाको आन्तरिक रणनीति र भावी सत्ता समीकरणतर्फ संकेत गरे पनि कानुनी र संस्थागत व्यवस्थाभन्दा माथि व्यक्तिलाई राखेर गरिएको टिप्पणीले विवाद निम्त्याउन सक्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *