राजनीति

सार्वजनिक रुपमा आलोचना भएपनि मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय सार्वजनिक आलोचनामा परिरहेका गुप्ताले रास्वपाको तर्फबाट निर्वाचनमा सहभागी हुने तयारीस्वरूप राजीनामा दिएका हुन् । मन्त्री गुप्ताका अनुसार उम्मेदवारी दर्ता गर्नुअघि नै पद त्याग्ने निर्णय गरिएको हो । उनले प्रधानमन्त्रीलाई राजीनामाबारे जानकारी गराइसकेको र अब औपचारिक प्रक्रिया मिलाउन मात्र बाँकी रहेको बताए ।

‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने जानकारी गराइसकेको छु । अब प्रक्रिया पूरा भएपछि चुनावी अभियानमा सक्रिय हुन्छु,’ उनले भने ।
जेनजी पुस्ताको प्रतिनिधिका रूपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका गुप्ता मन्त्री बनेपछि विभिन्न विषयमा सार्वजनिक आलोचनामा परेका थिए । आलोचनाका बीच पनि उनले निर्वाचनमार्फत जनतासामु पुनः जान उपयुक्त ठानेर मन्त्री पदबाट अलग भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *