देश

दलहरूको दबाबपछि प्रत्यक्षतर्फको मनोनयन मिति हेरफेरको तयारीमा निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सहभागी दलहरूलाई उम्मेदवार छनोटमा समयको चाप परेपछि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति केही दिन सार्न सकिने संकेत गरेको छ।

दलहरूका तर्फबाट मनोनयनको समय केही दिन सार्न औपचारिक तथा अनौपचारिक मागहरू निर्वाचन आयोगमा पुगेका छन्। यही दबाबका कारण आयोगले मिति समायोजन गर्ने सम्भावना देखाएको हो।

निर्वाचन आयोगका एक आयुक्तले विभिन्न दलबाट मिति सार्न आग्रह आएको पुष्टि गर्दै भने,“चौतर्फी दबाब आएको छ। सर्वदलीय सहमति जुटेमा एक–दुई दिन मनोनयनको मिति सर्न सक्छ।”

आयोगका अनुसार २१ फागुनमा तोकिएको निर्वाचनको मिति भने प्रभावित नहुने गरी मनोनयनको समय सार्ने तयारी गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *