देश

बालेन,रेणु र हर्कले आज राजीनामा दिने ,चुनावी अभियानमा होमिँदै

काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएर आजदेखि चुनावी अभियान सुरु गर्दैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन साह झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रेणु दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । हर्कराज राई श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

बालेन साहले आज काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने, रास्वपाको बनस्थलीस्थित पार्टी कार्यालय जाने र भोलि माघ ५ गते जनकपुरबाट चुनाव केन्द्रीत यात्रामा निस्किने तयारी गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *