राजनीति

गगन थापा र विश्व लाई केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउने संवैधानिक अधिकार छैन् : खम्बबहादुर खाती

काठमाडौं। नेपाली कांग्रेसभित्र चर्किँदै गएको आधिकारिकताको विवादबीच निर्वाचन समिति संयोजक खम्बबहादुर खातीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउने कुनै संवैधानिक अधिकार नरहेको स्पष्ट पारेका छन्।

गगन–विश्व समूहले विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय समिति चयन गरेपछि पार्टीभित्र वैधानिकताको विषयमा विवाद चुलिएको छ। यही सन्दर्भमा देउवा समूहले शुक्रबार निर्वाचन आयोगमा आफ्नो धारणा राखेपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा खातीले विशेष महाधिवेशन बोलाउने अधिकार महामन्त्रीहरूलाई नभएको जिकिर गरे। उनले कांग्रेस विधानको धारा १७ को उपधारा ५ उद्धृत गर्दै केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गर्ने अधिकार महामन्त्रीहरूलाई स्पष्ट रूपमा नदिइएको बताए।

“विधानको एक धारा मात्र हेरेर व्याख्या गर्न मिल्दैन,” खातीले भने, “धारा १७ का उपधाराहरू एकआपसमा सम्बन्धित छन्। केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्ट्याउने अधिकार महामन्त्रीहरूलाई छैन।”खातीले धारा ३५ अनुसार निर्वाचन समिति र कार्यविधि वैधानिक रूपमा गठन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै गगन पक्षले तयार पारेको निर्वाचन कार्यविधि विधानविपरीत र अवैध रहेको दाबी गरे। उनको भनाइले विशेष महाधिवेशनमार्फत गरिएको नेतृत्व चयनलाई थप प्रश्नचिन्हमा पारेको छ भने कांग्रेसभित्रको सत्ता र वैधानिकताको संघर्ष अझ तीव्र बन्दै गएको संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *