काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा तथा केन्द्रीय नेताहरूको सहभागितामा पत्रकार सम्मेलन हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गरिने जनाइएको छ।




